ज्यान मार्ने उद्योग कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०९-२१
- A
- A-
- A+
काठमाडौं, ज्यान मार्ने उद्योग कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ कालीमाटी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भएका ३४ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा पीडितलाई ज्यान मार्ने उद्देश्यले पुस ६ गते फलामको लेजर लाईट र नकले प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।