प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या तथा लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

२०८२-०९-२१

  • A
  • A-
  • A+
Share

ओखलडुंगा, हत्या तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिसाङ्ग गाउँपालिका-३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका-४ रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र सोही गाउँपालिका-८ माम्खा बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् । 

चिशंखुगढी गाउँपालिका-६ भदौरे गैरीगाउँस्थित किराना पसल संचालन गरी बस्ने ६० वर्षीय शोभितमान थापा मगर र उनकै श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको गत मंगलबार हत्या गरी नगद १ लाख रूपैयाँ तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये संगमलाई चिसाङ्ग गाउँपालिका-३ बाट र विनोदलाई सोही गाउँपालिका-४ रातोमटेबाट शुक्रबार तथा प्रकाश र अशोकलाई सोही गाउँपालिका-४ रातोमटेबाट शनिबार पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सिद्धिचरण नगरपालिका-४ चार्खु बस्ने ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की) को समेत गत असोज २६ गते हत्या गरेको खुल्न आएको छ । 

साथै प्रहरीले उनीहरूको साथबाट भरूवा बन्दुक २ थान, सुनको रिङ १ थान, बन्चरो १ थान, खुकुरी १ थान र कोदालो १ थान समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।