अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८२-०९-२२
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुस्थित दिप सागर होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चाबहिल बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-११ घर भएका २६ वर्षीय महेन्द्र तामाङ र काठमाडौं टोखा नगरपालिका-९ दिपज्योती बस्ने बागलुङ ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरूता अदेही मगर रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-८ स्थित कञ्चनजंगा होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ८० मिलिग्राम र नगद ३३ हजार रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१ बस्ने २६ वर्षीय सुरज कुमाल, ३१ वर्षीय कृष्ण बहादुर श्रेष्ठ र मोरङ मिक्लाजुङ गाउँपालिका-३ बस्ने १९ वर्षीया मनिका राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १० किलो ३ सय ९३ ग्राम र जंगली जनावरको सिंङ्ग जस्तो देखिने वस्तु २ थान सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बनगाउँ बस्ने रूकुम पुर्व घर भएका ३४ वर्षीया दिनमाया पुन, ३९ वर्षीय दिपक पुन, सोही उपमहानगरपालिका-१३ चौतारी टोल डेरा गरी बस्ने रूकुम पुर्व घर भएकी २९ वर्षीया रूपा बुढामगर र रूकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका-१ घर भएका ३० वर्षीय हासी पुनमगर रहेका छन् । वडा प्रहरी कार्यालय घोराही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-४ तिसबिघेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय २० ट्याब्लेट र स्पास्पेन ५ सय ७० ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-६ बस्ने ३३ वर्षीय सुनिल चौधरी, २५ वर्षीय सुजन राई र बराहक्षेत्र नगरपालिका-४ बस्ने २५ वर्षीय राजु लिम्बु रहेका छन् । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले ईटहरीबाट कालाबन्जारतर्फ आउँदै गरेको को.१९ प १७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका -५ बस्ने २४ वर्षीय किसन घतानी र ३० वर्षीय दर्लामी मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले को.२ ह ५५८७ नम्बरको अटो तलासी गरदा उक्त पदार्थ फेला पारी चालक दर्लामी र अटोमा सवार किसनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, मायादेवी गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय दिपेन्द्र चाई र लुम्बिनी साँस्कृतिक नगरपालिका-३ बस्ने २३ वर्षीय समिम खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले दिपेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ सिडिओ टोल बस्ने २२ वर्षीय अभिषेक यादव, धनगढीमाई नगरपालिका-८ चियावारी बस्ने २४ वर्षीय नवराज शर्मा र सिन्धुली कमलामाई नगरपालिका-९ बस्ने ३९ वर्षीय प्रभात देवकोटा रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालीका-१० सिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय राज कुमार रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ राजिपुर बस्ने २२ वर्षीय बिबेक बराल र कन्चनपुर कृष्णपुर नगरपालिका-६ बस्ने १९ वर्षीय नबिन सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने २४ वर्षीय श्याम बम र टिकापुर नगरपालिका-२ नयाँबस्ती बस्ने २४ वर्षीय निखिल शाह रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय किसनलाल गुप्तालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।