अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०९-२२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित धनकुटा चौबीसे गाउँपालिका-३ बस्ने २८ वर्षीय मान बहादुर लिम्बुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१-००६ ख ७८२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-१० रामनगर डेरा गरी बस्ने सोही उपमहानगरपालिका-७ दिपनगर घर भएका ३२ वर्षीय सागर उपाध्यायलाई अवैध लागूऔषध गाँजा ७ किलो, तराजु १ थान र नगद १० हजार रूपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।