मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-०९-२३
- A
- A-
- A+
बर्दिया, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने दोलाखा गौरीशंखर गाउँपालिका-८ घर भएका २३ वर्षीय अब्रहाम थामी र भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बस्ने दोलखा विगु गाउँपालिका-८ घर भएका २३ वर्षीय गोविन थामी रहेका छन् ।
काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित अन्नपूर्ण पोष्ट कर्पोरेट टावरको पार्किङमा पार्किङ गरी राखेको बा.प्र.०२-०२३ प ६२०७ नम्बरको मोटरसाइकल र काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित इमपावर हन्टर एच आर सोलुसन प्रालिको पार्किङमा पार्किङ गरी राखेको बा.प्र.०३-००२ प ०८५९ नम्बरको मोटरसाइकल पुस १५ गते चोरी भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।