प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

२०८२-०९-२३

  • A
  • A-
  • A+
Share

बर्दिया, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने दोलाखा गौरीशंखर गाउँपालिका-८ घर भएका २३ वर्षीय अब्रहाम थामी र भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बस्ने दोलखा विगु गाउँपालिका-८ घर भएका २३ वर्षीय गोविन थामी रहेका छन् । 

काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित अन्नपूर्ण पोष्ट कर्पोरेट टावरको पार्किङमा पार्किङ गरी राखेको बा.प्र.०२-०२३ प ६२०७ नम्बरको मोटरसाइकल र काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित इमपावर हन्टर एच आर सोलुसन प्रालिको पार्किङमा पार्किङ गरी राखेको बा.प्र.०३-००२ प ०८५९ नम्बरको मोटरसाइकल पुस १५ गते चोरी भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।