हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०९-२३
- A
- A-
- A+
सिराहा, कर्जन्हा नगरपालिका-१ बाल्टिया बस्ने १७ वर्षीया बालिकाको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा धनुषा छिरेश्वरनाथ नगरपालिका-३ बटैया टोल बस्ने ४५ वर्षीय राम बालक चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
कर्जन्हा नगपालिका-२ स्कुल टोलस्थित कमला सिंचाई नहर नजिकै झाडीमा ती बालिकाको शव मंसिर २२ गते फेला परेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।