प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

२०८२-०९-२४

  • A
  • A-
  • A+
Share

बर्दिया, गुलरिया नगरपालिका-११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६६ ग्राम ५ सय ६० मिलिग्राम सहित भारत बहराईज ग्राम लौकाही बस्ने ३१ वर्षीय फिरोज खानलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँके र प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले २ जना मानिसहरूलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीलाई लक्षित गरी आक्रमण गर्न खोजेपश्चात प्रहरीले गोली प्रहार गरी उनीहरू मध्ये फिरोजलाई नियन्त्रणमा लिएको हो । गोली प्रहारबाट घाइते भएका फिरोजको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ । हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ । 

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-१ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय गोबिन्द जोशीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने बाग्मती गाउँपलिका-७ गिम्दी घर भएका १९ वर्षीय राजकिशोर सन्जेललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने १९ वर्षीय सुरज चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्सा, बिन्दवासिनी गाउँपालिका-२ गर्दौल चोक नजिकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २२ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१५ मुर्ली बस्ने २० वर्षीय रैयस अली र पोखरिया नगरपालिका-८ जगतपुर बस्ने ५५ वर्षीय मुनिलाल पटेल रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया र अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही महानगरपालिका-१६ फुलबारी टोल बस्ने २० वर्षीय बिकी रायलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, सुनवर्षी नगरपाललिका-१ र २ को सिमाना गिरदलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-६ बस्ने २९ वर्षीय बिवेक तिमल्सिनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरदहबाट खटएको प्रहरीले डाईनियाबाट पथरीतर्फ जाँदै गरेको बा.३७ प ४०० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८२-०९-२५

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१० बस्ने २१ वर्षीय सुनिल घर्तिमगर, २० वर्षीय प्रकाश लोहार र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-८ पिपिरी बस्ने २७ वर्षीय राजु चौधरीले र ३१ वर्षीय रामसागर थारू रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले रा.८ प २६९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।अर्घाखाँची, सन्धिखर्क नगरपालिका-७ सुपादेउरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय पदम रायमाझीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले ठाडाबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु.१३ प ५६३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपलिका-१० नारायणपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने २५ वर्षीय अरमान मन्सुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ नयाँबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम सहित कपिलवस्तु मायादेवी गाउँपालिका-३ बस्ने २७ वर्षीय संजय यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पिपिराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय २० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय लक्ष्मण आचार्य, सोही नगरपालिका-११ बस्ने २४ को रोशन सुनार र सोही नगरपालिका-९ बस्ने दैलेख घर भएका ३० वर्षीय रबिन्द्र राज शर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले लक्ष्मणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० कृष्णनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम र नगद ९ हजार ५ सय ५० रूपैयाँ सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० मिलडाँडा बस्ने २७ वर्षीय जगत मल्ल, ३२ वर्षीय दिपक मल्ल र बाँके कोहलपुर नगरपालिका-९ तिलकपुर बस्ने २० वर्षीय गणेश बिसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले क.प्र.०२-००२ प ४०९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, प्रसौनी गाउँपालिका-१ नकटुवाबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो २४ ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका-७ बस्ने ३८ वर्षीय निलेश पटेल कुर्मी, वीरगंज  महानगरपालिका-११ श्रीपुर बस्ने ३२ वर्षीय जौवाद अमहद र बिन्दाबासिनि गाउँपालिका-२ बस्ने ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले बिआर ०१ सिएल ६०७९ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१० बसपार्क चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट र भोमिन १० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-९ बस्ने गोरखा भिमसेन गाउँपालिका-१० घर भएकी २३ वर्षीया श्रीया मगर र ३२ वर्षीय बिनय महतो रहेका छन् । प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित चिया नास्ता पसलबाट अवैध लागूऔषध गाँजा ७ किलो १ सय ८० ग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार पिपरा पञ्चाय-७ घर भएका ४५ वर्षीया कबिता यादवले, उनकै छोरा २८ वर्षीय मुन्ना कुमार यादव र जहदा गाउँपालिका-१ बस्ने १९ वर्षीय मंजित कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले कबिताले संचालन गरेको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८२-०९-२३

रूपन्देही, बुटवल उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सन्देश खत्री समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-१ सूर्यनगर टोल बस्ने ४० वर्षीय अजय राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २३ ग्राम १ सय ८० मिलिग्राम, नेपाली २ लाख ६७ हजार रूपैयाँ, भारतीय २९ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपलिका-२ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने ३४ वर्षीय दिपक चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपलिका-५ लालबोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्किचुहा नगरपालिका-६ बागमारा बस्ने २५ वर्षीय मदन विक र २४ वर्षीय हेमन्त परियार रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले से.१ प ९६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-६ लक्ष्मी टोल बस्ने ३६ वर्षीय सजिव मोक्तान समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम र नगद ५८ हजार रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले सजिवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ पानधारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५१ वर्षीय हिरा साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१८ बाट नियन्त्रित लागूऔषध ट्रामोल ४ सय ट्याब्लेट र स्पास्पेन ४ सय ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२० बस्ने १९ वर्षीय जीवन राई र सोही उपमहानगरपालिका-११ बस्ने २० वर्षीय क्रिष श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, वाणगंगा नगरपालिका-२ तिनैया बस्ने २३ वर्षीय सुरेश थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले सुरेशको घरबाट उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  मोरङ, सुनवर्षी नगरपालिका-२ अमरदह बजार डेरा गरी बस्ने २१ वर्षीय रोहन यादव समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रोहनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।   कञ्चनपुर, बेदकोट नगरपालिका-९ सुन्दरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय छङ्गा राना र २४ वर्षीय सनेश राना रहेका छन् । प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरीले छङ्गाको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम १ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-२ चवन्नी खल्ला गाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, ठोरी गाउपालिका-३ ब्रमानगर बस्ने छिरिङ दोङलाई अवैध लागूऔषध गाँजा १ सय ५७ किलो ९ सय ५० ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनको घर र घर नजिकै रहेको खेतबाट उक्त परमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०९-२२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित धनकुटा चौबीसे गाउँपालिका-३ बस्ने २८ वर्षीय मान बहादुर लिम्बुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१-००६ ख ७८२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-१० रामनगर डेरा गरी बस्ने सोही उपमहानगरपालिका-७ दिपनगर घर भएका ३२ वर्षीय सागर उपाध्यायलाई अवैध लागूऔषध गाँजा ७ किलो, तराजु १ थान र नगद १० हजार रूपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८२-०९-२२

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुस्थित दिप सागर होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चाबहिल बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-११ घर भएका २६ वर्षीय महेन्द्र तामाङ र काठमाडौं टोखा नगरपालिका-९ दिपज्योती बस्ने बागलुङ ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरूता अदेही मगर रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-८ स्थित कञ्चनजंगा होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ८० मिलिग्राम र नगद ३३ हजार रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१ बस्ने २६ वर्षीय सुरज कुमाल, ३१ वर्षीय कृष्ण बहादुर श्रेष्ठ र मोरङ मिक्लाजुङ गाउँपालिका-३ बस्ने १९ वर्षीया मनिका राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १० किलो ३ सय ९३ ग्राम र जंगली जनावरको सिंङ्ग जस्तो देखिने वस्तु २ थान सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बनगाउँ बस्ने रूकुम पुर्व घर भएका ३४ वर्षीया दिनमाया पुन, ३९ वर्षीय दिपक पुन, सोही उपमहानगरपालिका-१३ चौतारी टोल डेरा गरी बस्ने रूकुम पुर्व घर भएकी २९ वर्षीया रूपा बुढामगर र रूकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका-१ घर भएका ३० वर्षीय हासी पुनमगर रहेका छन् । वडा प्रहरी कार्यालय घोराही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-४ तिसबिघेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय २० ट्याब्लेट र स्पास्पेन ५ सय ७० ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-६ बस्ने ३३ वर्षीय सुनिल चौधरी, २५ वर्षीय सुजन राई र बराहक्षेत्र नगरपालिका-४ बस्ने २५ वर्षीय राजु लिम्बु रहेका छन् । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले ईटहरीबाट कालाबन्जारतर्फ आउँदै गरेको को.१९ प १७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका -५ बस्ने २४ वर्षीय किसन घतानी र ३० वर्षीय दर्लामी मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले को.२ ह ५५८७ नम्बरको अटो तलासी गरदा उक्त पदार्थ फेला पारी चालक दर्लामी र अटोमा सवार किसनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   रूपन्देही, मायादेवी गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय दिपेन्द्र चाई र लुम्बिनी साँस्कृतिक नगरपालिका-३ बस्ने २३ वर्षीय समिम खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले दिपेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ सिडिओ टोल बस्ने २२ वर्षीय अभिषेक यादव, धनगढीमाई नगरपालिका-८ चियावारी बस्ने २४ वर्षीय नवराज शर्मा र सिन्धुली कमलामाई नगरपालिका-९ बस्ने ३९ वर्षीय प्रभात देवकोटा रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालीका-१० सिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३०  मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय राज कुमार रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ राजिपुर बस्ने २२ वर्षीय बिबेक बराल र कन्चनपुर कृष्णपुर नगरपालिका-६ बस्ने १९ वर्षीय नबिन सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने २४ वर्षीय श्याम बम र टिकापुर नगरपालिका-२ नयाँबस्ती बस्ने २४ वर्षीय निखिल शाह रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय किसनलाल गुप्तालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।