प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८२-०९-२४

  • A
  • A-
  • A+
Share

गोरखा, आफ्नै श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको अभियोगमा पालुङटार नगरपालिका-३ बोगटीगाउँ बस्ने शंकर सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

शंकरले कुटपिट गर्दा अनुष्का गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गेको हो । कुटपिटबाट घाइते भएकी अनुष्काको आँपपिपल अस्पताल हर्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
कम्पनीको कागजात दुरूपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-०९-२५

काठमाडौं, कम्पनीको कागजात दुरूपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कीर्तिपुर नगरपालिका-७ बस्ने १९ वर्षीय क्रमिक उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।वाइड स्पेस इन्टरनेश्नल प्रालिका नाममा आन्तरिक राजश्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर लगायतका कागजातहरुको दुरूपयोग गरी ईसेवा मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानूनी रुपमा आर्थिक कारोबार गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा ईसेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६ हजार ३ सय ७६ रूपैयाँ र ईसेवा वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ रूपैयाँ ७६ पैसा बराबरको कारोबार गरेको खुल्न आएको छ । साथै प्रहरीले उनको साथबाट ल्यापटप १ थान, मोबाइल २ थान, विभिन्न कम्पनीका सिमकार्ड २० थान, पेन ड्राईभ १ थान र मेमोरी कार्ड १ थान समेत बरामद गरेको छ । उनलाई बैंकिङ कसुर र सट्टेबाजी जन्य कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३४ वर्षीय अमन महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  अमनले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०९-२३

सिराहा, कर्जन्हा नगरपालिका-१ बाल्टिया बस्ने १७ वर्षीया बालिकाको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा धनुषा छिरेश्वरनाथ नगरपालिका-३ बटैया टोल बस्ने ४५ वर्षीय राम बालक चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कर्जन्हा नगपालिका-२ स्कुल टोलस्थित कमला सिंचाई नहर नजिकै झाडीमा ती बालिकाको शव मंसिर २२ गते फेला परेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-०९-२३

बर्दिया, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने दोलाखा गौरीशंखर गाउँपालिका-८ घर भएका २३ वर्षीय अब्रहाम थामी र भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बस्ने दोलखा विगु गाउँपालिका-८ घर भएका २३ वर्षीय गोविन थामी रहेका छन् । काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित अन्नपूर्ण पोष्ट कर्पोरेट टावरको पार्किङमा पार्किङ गरी राखेको बा.प्र.०२-०२३ प ६२०७ नम्बरको मोटरसाइकल र काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित इमपावर हन्टर एच आर सोलुसन प्रालिको पार्किङमा पार्किङ गरी राखेको बा.प्र.०३-००२ प ०८५९ नम्बरको मोटरसाइकल पुस १५ गते चोरी भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।