स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
२०८२-०९-२५
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको नगद ३ लाख ३ हजार १ सय रूपैयाँ सहित भारत बिहार अररिया फारबिसगन्ज बस्ने ५५ वर्षीय नन्दलाल बाहेतीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारत जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको बीआर ३८ एए ८३०६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।