अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८२-०९-२५
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-१४ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४७ ग्राम ६ सय ७० मिलिग्राम र नगद ८५ हजार ८ सय रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४ खोलीगाउँ बस्ने ३४ वर्षीय सुशिल गहतराज र ३२ वर्षीय अम्मर वली रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कबाट खटिएको प्रहरीले लु.८० प ६३११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।