प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध विभिन्न स्थानबाट १९ जना पक्राउ

२०८२-०९-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-३ रानीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्राम सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने सप्तरी घर भएका ३३ वर्षीय सुन्दर मुखिया, काठमाडौं रानीबारी बस्ने सप्तरी घर भएका ३३ वर्षीय सुरेश कुमार ठाकुर र काठमाडौं कलंकी बस्ने भारत घर भएका २५ वर्षीय पिण्डु कुमार जादव रहेका छन् । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रौतहट, परोहा नगरपालिका-७ बसिर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ६० ट्याब्लेट सहित बारा निजगढ नगरपालिका-७ बस्ने ३० वर्षीय शेखर पुलामी मगर समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिएल ८८४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ७ सय ६० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो २ सय २८ ट्याब्लेट र नाइट्राभेट २० ट्याब्लेट सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-५ बस्ने २८ वर्षीय हरिश विष्टलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-१ लठैयाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ सय ८२ ग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय नन्दलाल उपाध्यायलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनको पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ रामनगरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ किलो ५ सय ६५ ग्राम सहित बझाङ केदारस्यु गाउँपालिका-७ बस्ने ४५ वर्षीय जनक बहादुर धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ ट्याब्लेट सहित गोरखा शहिद लखन गाउँपालिका-३ नयागाउँ बस्ने २४ वर्षीय कमल बसेललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट  मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ९६७२ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, गौरीगंज गाउँपालिका-२ टटुवामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने ३४ वर्षीय मानफ कुमार मेहत्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, मेचिनगर नगरपालिका-११ कालिका सिमसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिग्राम र नगद ३७ हजार ५ सय रूपैयाँ सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २६ वर्षीय बिमल मेचे र सोही नगरपालिका-११ बस्ने २३ वर्षीय प्रबिन राई रहेका छन् । इलाका प्रहरी कार्यालय बुधबारे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य ७ जनालाई नियन्त्रणमा लिएको छ । 

सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ मंगलबारे बस्ने २४ वर्षीय विकाश कार्की समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रदेश नं.०१-०२-००४ ह ३७७४ र प्रदेश नं.०१-०२-००४ ह ९६०८ नम्बरको अटोमा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ चालिसकिलोस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७४ एम्पुल, फेनारगन ७४ एम्पुल र बुप्रेनोर्फिन ७४ एम्पुल सहित गोरखा, गोरखा नगरपालिका-१० पन्ध्रकिलो बस्ने २८ वर्षीय रूकेस अधिकारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले दाङबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ख ०३५७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-१० जर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-६ घोड्सुवा बस्ने ३१ वर्षीय सन्तोष बिष्ट र ३४ वर्षीय सागर साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले से.२ प ९००३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सप्तरी, सुरुङ्गा नगरपालिका-४ कदमहाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १८ एम्पुल, फेनारगन १७ एम्पुल र बुप्रेनोर्फिन १८ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ चकदह  बस्ने २२ वर्षीय पारसमनी चौधरी र २० वर्षीय विनय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले स.४ प ७७२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
नियन्त्रित लागूऔषध ट्रामाडोल सहित दुई जना पक्राउ
२०८२-११-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३२ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भिमफेदी गाउँपालिका-६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार स्कुटरमा सवार १ जनाको खोजी गरिरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट तीन जना पक्राउ
२०८२-११-१८

झापा, गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्राम सहित कमल गाउँपालिका-४ साधु टोल बस्ने ३३ वर्षीय राजेश नेम्वाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले टटुवामारीबाट बाहुनटोलतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय रिचन्द लिम्बु र २४ वर्षीय तेन्जिङ शेर्पा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-११-१७

काठमाडौं महानगरपालिका-१४ कलंकी खसिबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट, स्पास्पेन १ सय ट्याब्लेट, प्रिग्याब्लिन २ सय ट्याब्लेट र टापेन्टाडोल ५० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नैकाप बस्ने महोत्तरी घर भएका २८ वर्षीय रूपेश कुमार राउत र रौतहट चन्द्रपुर घर भएका २२ वर्षीय दानिस मगर रहेका छन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बा.६० प २४०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-२ भासीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय बाल चन्द्र धामी र भिमदत्त नगरपालिका-४ बस्ने २१ वर्षीय अभिषेक चन्द रहेका छन् । अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी  कञ्चनपुर, बेलौरी नगरपालिका-८ खजुवा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय १० मिलिग्राम सहित कृष्णपुर नगरपालिका-२ वाणी बस्ने २६ वर्षीय दिपक भट्ट समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी पचुइबाट खटिएको प्रहरीले सु.प.प्र. ०१-०१० प ७८८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, थाहा नगरपालिका-२ अंगारेबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १२ ट्याब्लेट, स्पाईन ३० ट्याब्लेट, ट्रामाडोल ३० ट्याब्लेट, स्ट्यागन १० ट्याब्लेट र नगद ३३ हजार १ सय ९० रूपैयाँ सहित थाहा नगरपालिका-२ ईन्द्रायणीबस्ती देउलाटोल बस्ने २५ वर्षीय सागर देउलालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले बा.३१ प ३३३४ नम्बरको मोटरसाइकल चालक देउलालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-९ बल्मीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित गौरीगंगा नगरपालिका-९ बल्मी बस्ने ३२ वर्षीय सञ्जय चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, बलान बिहुल गाउँपालिका-२ दिगिया बस्ने ४५ वर्षीय किशुन देव यादव समेत २ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५८ किलो ८ सय ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले किशुनको निर्माणाधिन घरबाट उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-११-१६

काठमाडौं महानगरपालिका-३२ सहयोगीनगरबाट  नियन्त्रित लागूऔषध डाइजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल, आइपिपिएल २२ एम्पुल र नगद ३० हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सतुङ्गल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ घर भएका ३१ वर्षीय इन्द्र तामाङ र काठमाडौं बिजुलीबजार बस्ने सुनसरी रामधुनी नगरपालिका-२ घर भएका ३७ वर्षीय सुरेन्द्र खवास रहेका छ्न् । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२ बालकुमारी मण्डीस्थित कुखुरा पसल संचालन गरी बस्ने झापा घर भएका ३७  वर्षीय टिकेन्द्र राजवंशीलाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२ लायन्सचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८५ ग्राम ७ सय ५० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३२ बस्ने १६ वर्षीय किशोरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० थापा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-९ बस्ने २५ वर्षीय खगेन्द्र दयाल र डडेल्धुरा आलिताल गाउँपालिका-८ बस्ने २१ वर्षीय भरत बहादुर कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.२ प ५३१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, लहान नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ८० मिलिग्राम सहित सप्‍तरी सुरूङ्गा नगरपालिका-५ बनिगामा टोल बस्ने ३८ वर्षीय संतोष कुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले को.३७ प ६१५८ नम्बरको मोटरसाइकल चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० न्युरेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३७ वर्षीय सुशिल कुमार लामालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । डडेल्धुरा, अमरगढी नगरपालिका-१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित बझाङ छबिस पाथिभरा गाउँपालिका-७ बस्ने २२ वर्षीय अजित बोहरालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ३७९८ नम्बरको बसका सहचालक बोहरालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ नल्काघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ७० मिलिग्राम सहित घोडाघोडी नगरपालिका-१ बस्ने २९ वर्षीय किरण चौधरी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।