जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-१४
- A
- A-
- A+
दाङ, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-४ सुनपुर बस्ने २२ वर्षीय मधुसुदन भुषाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भुषालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।