जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-१६
- A
- A-
- A+
बाँके, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-६ एच गाउँ बस्ने खजुरा गाउँपालिका-७ घर भएका ३० वर्षीय अंगतराम अहिरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अंगतरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।