स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
२०८२-१०-२५
- A
- A-
- A+
सप्तरी, बलान बिहुल गाउँपालिका-४ बेल्हीबाट स्रोत नखुलेको नगद १३ लाख रूपैयाँ सहित भगवानपुर गाउँपालिका-४ बस्ने २३ वर्षीय हरीशंकर कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको प्र.२-०१-००२ प ४४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।