प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

२०८२-१०-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ बोहोरे बस्ने ८१ वर्षीय चन्द्र बिक्रम राई र उनकै श्रीमती ८० वर्षीया चन्द्र माया राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ डल्लु लखतीर्थ मार्ग डेरा गरी बस्ने ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ घर भएका ३४ वर्षीय धन बहादुर राना मगर समेत २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

चन्द्र बिक्रम र उनकै श्रीमती आफ्नै घरमा गत माघ १२ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-१५ डल्लु लखतीर्थ मार्गबाट पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत ओखलढुंगाबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) तथा डाँका चोरी मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।