बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१०-२७
- A
- A-
- A+
स्याङ्जा, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चापाकोट नगरपालिका-३ बस्ने २९ वर्षीया सुनिता गुरूङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेकी उनलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले वालिङ नगरपालिका-१ रामबाच्छाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।