प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

२०८२-१०-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-३१ कात्यायानी चोकस्थित न्यू कश्यप बोईज होस्टलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित होस्टल संचालिका सप्तरी छिन्नमस्ता गाउँपालिका-१ घर भएकी ४५ वर्षीया माया कुमारी देवी मिश्रलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उक्त होस्टल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ सय ३० मिलिग्राम सहित रौतहट बृन्दावन नगरपालिका-३ बिश्रामपुर घर भएका २४ वर्षीय अवदेश पटेल समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र ०३-००२ ख १४२८ नम्बरको ईभी गाडीलाई जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ हजार ३ सय ९० ट्याब्लेट सहित सर्लाही नवलपुर गाउँपालिका-३ बस्ने २२ वर्षीय कृष्ण चौधरी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २-०३-०१० प ८७५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी एरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय डिल्ली बहादुर कटवाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सुन्दरीजल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय १० मिलिग्राम सहित रूकुम पश्चिम घर भएका ३८ वर्षीय डम्बर बहादुर केसीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र प्रहरी बिट गणेशमान चोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

धनुषा, बिदेह नगरपालिका-१ महिनाथपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित भारत बिहार मधुवनी महिनाथपुर बस्ने २४ वर्षीय धर्मेन्द्र कामतलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ बि ९८५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१२ हस्पिटलचोकबाट नियन्त्रित लागूऔषध फेनारगन १६ एम्पुल, बुप्रेनोर्फिन १६ एम्पुल र  डाईजेपाम १५ एम्पुल सहित सोही महानगरपालिका-४ तेर्सापट्टी बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका ३० वर्षीय आसकिन विक्रम महतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित इलाम माई नगरपालिका-१ दानाबारी बस्ने १७ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ५० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २८ वर्षीय सन्तोष खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियास्थित बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित दार्चुला लेकम गाउँपालिका-४ बस्ने २८ वर्षीय राजेन्द्र पाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित भारत उत्तराखण्ड प्रदेश चम्पावत पुर्णागिरी नगरपालिका बनबासा बस्ने ३० वर्षीय हर्दिप चन्दलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले डिएल ६ एसबिसि ५१०० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम सहित गैडहवा गाउँपालिका-६ बस्ने २० वर्षीय मोहित केवट समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको   छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   

  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-११-२०

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ३० मिलिग्राम र नगद २० हजार ४ सय ९५ रूपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने सुनसरी घर भएका ३३ वर्षीय सुनिल थापा, ३३ वर्षीय आशिष पाण्डे, ललितपुर इमाडोल बस्ने २१ वर्षीय राशि गौतम र काठमाडौं नक्साल बस्ने २१ वर्षीय युनिक पोखरेल रहेका छन् । प्रहरी वृत्त ठिमी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित दुई जना पक्राउ
२०८२-११-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३२ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भिमफेदी गाउँपालिका-६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार स्कुटरमा सवार १ जनाको खोजी गरिरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट तीन जना पक्राउ
२०८२-११-१८

झापा, गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्राम सहित कमल गाउँपालिका-४ साधु टोल बस्ने ३३ वर्षीय राजेश नेम्वाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले टटुवामारीबाट बाहुनटोलतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय रिचन्द लिम्बु र २४ वर्षीय तेन्जिङ शेर्पा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-११-१७

काठमाडौं महानगरपालिका-१४ कलंकी खसिबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट, स्पास्पेन १ सय ट्याब्लेट, प्रिग्याब्लिन २ सय ट्याब्लेट र टापेन्टाडोल ५० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नैकाप बस्ने महोत्तरी घर भएका २८ वर्षीय रूपेश कुमार राउत र रौतहट चन्द्रपुर घर भएका २२ वर्षीय दानिस मगर रहेका छन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बा.६० प २४०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-२ भासीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय बाल चन्द्र धामी र भिमदत्त नगरपालिका-४ बस्ने २१ वर्षीय अभिषेक चन्द रहेका छन् । अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी  कञ्चनपुर, बेलौरी नगरपालिका-८ खजुवा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय १० मिलिग्राम सहित कृष्णपुर नगरपालिका-२ वाणी बस्ने २६ वर्षीय दिपक भट्ट समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी पचुइबाट खटिएको प्रहरीले सु.प.प्र. ०१-०१० प ७८८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, थाहा नगरपालिका-२ अंगारेबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १२ ट्याब्लेट, स्पाईन ३० ट्याब्लेट, ट्रामाडोल ३० ट्याब्लेट, स्ट्यागन १० ट्याब्लेट र नगद ३३ हजार १ सय ९० रूपैयाँ सहित थाहा नगरपालिका-२ ईन्द्रायणीबस्ती देउलाटोल बस्ने २५ वर्षीय सागर देउलालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले बा.३१ प ३३३४ नम्बरको मोटरसाइकल चालक देउलालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-९ बल्मीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित गौरीगंगा नगरपालिका-९ बल्मी बस्ने ३२ वर्षीय सञ्जय चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, बलान बिहुल गाउँपालिका-२ दिगिया बस्ने ४५ वर्षीय किशुन देव यादव समेत २ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५८ किलो ८ सय ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले किशुनको निर्माणाधिन घरबाट उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-११-१६

काठमाडौं महानगरपालिका-३२ सहयोगीनगरबाट  नियन्त्रित लागूऔषध डाइजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल, आइपिपिएल २२ एम्पुल र नगद ३० हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सतुङ्गल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ घर भएका ३१ वर्षीय इन्द्र तामाङ र काठमाडौं बिजुलीबजार बस्ने सुनसरी रामधुनी नगरपालिका-२ घर भएका ३७ वर्षीय सुरेन्द्र खवास रहेका छ्न् । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२ बालकुमारी मण्डीस्थित कुखुरा पसल संचालन गरी बस्ने झापा घर भएका ३७  वर्षीय टिकेन्द्र राजवंशीलाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२ लायन्सचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८५ ग्राम ७ सय ५० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३२ बस्ने १६ वर्षीय किशोरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० थापा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-९ बस्ने २५ वर्षीय खगेन्द्र दयाल र डडेल्धुरा आलिताल गाउँपालिका-८ बस्ने २१ वर्षीय भरत बहादुर कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.२ प ५३१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, लहान नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ८० मिलिग्राम सहित सप्‍तरी सुरूङ्गा नगरपालिका-५ बनिगामा टोल बस्ने ३८ वर्षीय संतोष कुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले को.३७ प ६१५८ नम्बरको मोटरसाइकल चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० न्युरेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३७ वर्षीय सुशिल कुमार लामालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । डडेल्धुरा, अमरगढी नगरपालिका-१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित बझाङ छबिस पाथिभरा गाउँपालिका-७ बस्ने २२ वर्षीय अजित बोहरालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ३७९८ नम्बरको बसका सहचालक बोहरालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ नल्काघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ७० मिलिग्राम सहित घोडाघोडी नगरपालिका-१ बस्ने २९ वर्षीय किरण चौधरी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।