अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-११-०६
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ श्रीलङ्का बस्ने २७ वर्षीय बल बहादुर चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ७ सय ५० मिलिग्राम र १ थान तराजु सहित सोही नगरपालिका-३ बस्ने २७ वर्षीय अनुज रावत समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-१९ बागफाँटा घर भएका २७ वर्षीय सुनिल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनियागाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुनिल कुमार चौधरी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका-३ बस्ने २४ वर्षीय बिनोद ओडलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, चौकुने गाउँपालिका-७ नेताचोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय १४ ट्याब्लेट सहित सोही गाउँपालिका-८ बस्ने २० वर्षीय प्रतिक उपाध्याय समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ आँखा अस्पताल चोकस्थित गेष्ट हाउसबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल र सिरिन्ज २ थान सहित चितवन रत्ननगर नगरपालिका-११ विश्वास टोल बस्ने ३३ वर्षीय प्रकाश तामाङ समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो १ सय १० ग्राम सहित धनुषा छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३६ वर्षीय राम कैलाश अधिकारी समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले प्र.२-०२-००३ प ५३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, ब्यास नगरपालिका-४ जलदेवी टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १८ एम्पुल, नोर्फिन १८ एम्पुल र बुप्रेनोर्फिन १८ एम्पुल सहित म्याग्दे गाउँपालिका-४ बस्ने ३७ वर्षीय अमर आले समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।