स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
२०८२-११-१९
- A
- A-
- A+
मोरङ, कटहरी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ४ लाख ६२ हजार ५ सय रूपैयाँ सहित जहदा गाउँपालिका-२ बस्ने २४ वर्षीय विशाल टुडुलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ६६१० नम्बर पिकअप गाडी जाँच गर्ने क्रममा चालक विशालको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।