अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
२०८२-११-१९
- A
- A-
- A+
काभ्रे, बनेपा नगरपालिका- ४ नालाबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ३० ग्राम सहित नमोबुद्ध नगरपालिका-८ बस्ने २७ वर्षीय आशिष लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार लामालाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।