अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-११-२०
- A
- A-
- A+
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ३० मिलिग्राम र नगद २० हजार ४ सय ९५ रूपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने सुनसरी घर भएका ३३ वर्षीय सुनिल थापा, ३३ वर्षीय आशिष पाण्डे, ललितपुर इमाडोल बस्ने २१ वर्षीय राशि गौतम र काठमाडौं नक्साल बस्ने २१ वर्षीय युनिक पोखरेल रहेका छन् । प्रहरी वृत्त ठिमी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।