अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८२-११-२२
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम १ सय मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने २६ वर्षीय अनिल प्रधानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।