भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८२-११-२५
- A
- A-
- A+
संखुवासभा, भोटखोला गाउँपालिका-४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मालाई भरूवा बन्दुक १ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धममा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।