जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८२-१२-०१
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्टस्थित होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१६ बस्ने ३२ वर्षीय किशन घिमिरे सहित ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार ८ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।