सार्वजनिक स्थानमा महिला माथि अभद्र व्यवहार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-१२-०४
- A
- A-
- A+
काठमाडौं, सार्वजनिक स्थानमा महिला माथि अभद्र व्यवहार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने सोही महानगरपालिका-७ चावहिल घर भएका ४३ वर्षीय कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कुमारले पीडितलाई गाली गलौज गरी अपशब्द समेत प्रयोग गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।