अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-१२-१०
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १८ ग्राम, ५६ हजार नेपाली रूपैयाँ र २ हजार ८ सय भारतीय रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनुषा, धनुषाधाम नगरपालिका-९ घर भएका १९ वर्षीय आदित्य मण्डल, ४१ वर्षीय शम्भु कार्की र भारत सितामणी घर भएका २७ वर्षीय जितु कुमार रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-२ छिमेकीलाईनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने सुनसरी इटहरी उपमहानगरपालिका-१६ बालग्राम चोक घर भएका २९ वर्षीय सुनिल खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।