सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने १६ जना पक्राउ
२०८२-१२-१९
- A
- A-
- A+
काठमाडौं, सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भनी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंस्थित विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भनि सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने तथा सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले रौतहट घर भएका ३६ वर्षीय बल बहादुर सुनार समेत ८ जनालाई सानोभर्याङस्थित यातायात कार्यालयबाट र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कुलेश्वर घर भएका २५ वर्षीय पासाङ तामाङ समेत ८ जनालाई गुर्जुधारास्थित यातायात कार्यालयबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद १ लाख २२ हजार रूपैयाँ र ५३ थान बिलबुक समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।