चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०८२-१२-२५
- A
- A-
- A+
काठमाडौं, स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ कालुपाण्डे बस्ने खोटाङ घर भएका ३१ वर्षीय उमेश पुरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
गत चैत २ गते बा.प्र.०२-०४३ प ५३७६ नम्बरको स्कुटर बिक्रीको लागि अनलाईन विज्ञापन गरेकोमा सोही दिन उमेशले भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोटबाट उक्त स्कुटर टेष्ट गर्छु भनि लिएर गई फरार भएको घटनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अपराध शाखा ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं तीनकुनेबाट उक्त स्कुटर सहित पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत्त ठिमी पठाइएको छ ।