नागरिकता सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१२-२५
- A
- A-
- A+
काठमाडौं, नागरिकता सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने रौतहट घर भएका ५९ वर्षीय बाबुनन चौधरी कलवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत गौर रौतहटबाट २०८२ भदौ २ गते नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ कलंकीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाईएको छ ।