बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१२-२६
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-९ सिनांमगल बस्न स्याङ्जा घर भएका ५० वर्षीय सागर बगालेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर सम्बन्धी मुद्दामा संलग्न रही फरार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।