बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८२।१०।१६ गते ०५:३० बजे सम्म ।
२०८२-१०-१६
- A
- A-
- A+
१. जिल्ला
तनहुँ भानु न.पा. ३ कुरकुन्ना स्थित डुम्रे बेशिशहर सडक
खण्ड अवरोध ।
मिति २०८२।१०।०७ गते ०६:१० बजेदेखि भानु न.पा. ३ कुरकुन्ना स्थित
डुम्रे बेशिशहर सडक-खण्डमा सडक बिस्तार गर्ने क्रममा ऐ. १५ गते सम्म निम्न समय अवधिभरका लागी सडक अवरोध हुने ।
उक्त समय अबधिभर तुरतुरे पालुटारको खत्रिटार हुदै बिमलनगर निस्किने
बैकल्पिक सडक प्रयोग गरिने,
(१) बिहान ०६:००-०९:०० बजे सम्म
(२) बिहान ११:००-१६:०० बजे सम्म
(३) साझ १७:००-२१:०० बजे सम्म
२. जिल्ला सल्यान कपुरकोट गा.पा.०३ राम्री
स्थित राप्ती राजमा सडक खण्ड अवरोध ।
मिति २०८२।१०।०८
गते देखी ऐ.२५ गते सम्म दैनिक ११:०० बजे देखी १६:०० बजे
सम्म जिल्ला सल्यान कपुरकोट गा.पा.०३ राम्री स्थित राप्ती राजमार्ग सडक खण्डमा
मर्मत कार्य भईरहेको हुदा उक्त अवधी भरको लागी बैकल्पिक सडकखण्डको रुपमा
लुहाम-कालीमाटी-तुल्सीपुर सडकखण्ड प्रयोग गर्ने गरी व्यावस्था मिलाईएकले सोही
अनुसार गर्नुहुन अनुरोध ।
३. जिल्ला दाङ
तुलसिपुर उ.म.न.पा.३ हर्नेटी देखी राप्ती लोक मार्ग हर्नेटी कपुरकोट सडक खण्ड अवरोध ।
मिति
२०८२।१०।०८ गते अं.११;१५ बजे
जि.दाङ तुलसिपुर उ.म.न.पा.३ हर्नेटी देखी राप्ती लोक मार्ग हर्नेटी कपुरकोट सडक
खण्ड विभिन्न स्थानहरुमा सडक स्तरोन्नतीको लागी सडक डिभीजन दाङले ०८ गते देखी ऐ.२५ गते सम्म बिहान ११;०० बजे देखी अपरान्ह १६;०० बजे सम्म सवारी साधन आगमन बन्द गराई
सडक मर्मत कार्य भई रहेको र बैकल्पिक बाटो पैयाखोरिया-सातावास-किमुचौर हुदै
कपुरकोट र तुलसिपुर देखी कालिमाटी सडकखण्ड प्रयोग गर्ने गरी ब्यवस्था मिलाईएको ।
४. नेपालगंज देखी मुगु जिल्लामा आवतजावत हुने यातायात
तथा हवाई सेवा प्रभावित भएको ।
जि. मुगु २०८२।१०।१३ गते राती देखि भइरहेको बर्षा र हिमपातका कारण पूर्ण रुपमा अवरोध भएको ।
५. हिमपातको कारणले सिमकोट गा.पा. ५ देखि सदरमुकाम सिमकोट हुदै नाम्खा ५ हिल्सा सम्मको सडक खण्ड ऐ.१४ गतेको बिहान अं.०८:०० बजे देखि पुर्ण रुपमा अबरोध भएको ।
जि.हुम्ला मिति २०८२।१०।१३ गते राती देखि परेको हिमपातको कारणले सिमकोट गा.पा. ५ देखि सदरमुकाम सिमकोट हुदै नाम्खा ५ हिल्सा सम्मको सडक खण्ड ऐ. १४ गतेको बिहान अं.०८:०० बजे देखि पुर्ण रुपमा अबरोध भएको ।