प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी जवान (जनपद) पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा सम्बन्धी सूचना (२०७८-१२-१५)

२०७८-१२-१५

Share

                                       सूचना !                सूचना !!              सूचना !!!



नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७८/०८/१० गते प्रकाशित विज्ञापन अनुसार प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालयमा संचालन भएको  विस्तृत स्वास्थ्य परीक्षणमा सहभागी उम्मेदवारहरू मध्ये उत्तीर्ण भएका उम्मेदवारहरुको नतिजा निम्न परीक्षा केन्द्र अनुसार प्रकाशन गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


साथै उत्तीर्ण भएका उम्मेदवारहरुको मिति २०७९/०१/१० गते समय विहान ०८:०० बजे लोक सेवा आयोगद्वारा लिखित परीक्षा संचालन हुने र परीक्षा केन्द्र (स्थान) सम्बन्धी सूचना आयोगको वेभसाईट www.psc.gov.np, नेपाल प्रहरीको वेभसाईट www.nepalpolice.gov.np र सम्बन्धित प्रहरी कार्यालयबाट पछि प्रकाशन गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।


निम्न:


•    १ नं. प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर । (क्लिक गर्नुहोस्)


•    २ नं. प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (सम्पर्क कार्यालय: राजबिराज, सप्‍तरी) । (क्लिक गर्नुहोस्)


•    बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुली । (क्लिक गर्नुहोस्)


•    गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा । (क्लिक गर्नुहोस्)


•    लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल । (क्लिक गर्नुहोस्)


•    कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत (हाल नेपालगंज) । (क्लिक गर्नुहोस्)


•    सुदूरपश्‍चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल । (क्लिक गर्नुहोस्)


•    महानगरीय प्रहरी शिक्षालय, महाराजगंज काठमाण्डौ । (क्लिक गर्नुहोस्)