अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८३-०७-२२
- A
- A-
- A+
सुनसरी, देवानगञ्ज गाउँपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब ३१ किलो १ सय ग्राम सहित सोही गाउँपालिका-२ यादव टोल बस्ने २२ वर्षीय नित्यानन्द यादवलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ रामजानकी टोल बस्ने ३९ वर्षीय युवराज भुजेल समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय २० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले युवराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङ मिलन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ नमुनाचोक डेरा गरी बस्ने २६ वर्षीय सानु भाई नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
झापा, झापा गाउँपालिका-७ मदरगाछ बस्ने ५५ वर्षीय सुर्य लाल यादवलाई अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित
शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कुमरखोद समेतबाट खटिएको प्रहरीले सुर्य लालको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका-१ आम्बासी बस्ने २४ वर्षीय प्रबिन विश्वकर्मा समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला समेतबाट खटिएको प्रहरीले प्रबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-४ प्रेमनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-८ मझगाउँ बस्ने ३३ वर्षीय अशोक चौधरी र २६ वर्षीय उपेन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।