जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०८-०४
- A
- A-
- A+
उदयपुर, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका-६ बस्ने १९ वर्षीय सोम बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रौतापोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।