प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुन जस्तो देखिने पदार्थ सहित २ जना चिनियाँ नागरिक पक्राउ

२०८३-०८-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ४८ ग्राम तौल बराबरको सुन जस्तो देखिने अर्धठोस पदार्थ ८ थान सहित २ जना चिनियाँ नागरिकहरूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा CHINA GUANGDONG घर भएकी ४५ वर्षीया LIN LINA र ३५ वर्षीया LIN XINPING रहेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले क्याथे प्यासिफिक एयरलाइन्सद्वारा हङकङबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा LIN LINA को साथबाट १ किलो ३ सय ४० ग्राम र LIN XINPING को साथबाट १ किलो ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०८-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगपालिका-१६ बस्ने धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका २८ वर्षीय विज्ञान इटनी, काठमाडौं महानगरपालिका-२९ बस्ने दैलेख नारायण नगरपालिका-९ घर भएका ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ३३ वर्षीय रोशन गोले र सिन्धुली मरिण गाउँपालिका-२ घर भएका ४६ वर्षीय लिला बहादुर गरंजा रहेका छन् ।पक्राउ मध्ये विज्ञानले जर्मनी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख ९५ हजार रूपैयाँ, पुष्पराजले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३० हजार रूपैयाँ, रोशनले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ५० हजार रूपैयाँ र लिला बहादुरले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विज्ञानलाई काठमाडौं महानगपालिका-१६ बाट मंगलबार तथा पुष्षराजलाई काठमाडौं महानगपालिका-२९ बाट, रोशन र लिला बहादुरलाई बुढानिलकण्ठ नगरपालिका-१० बाट बुधबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ
२०८३-०८-१०

काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित स्नोलाइन होटलबाट स्रोत नखुलेको नेपाली ५० लाख ५० हजार रूपैयाँ, ४२१५.०९ ओमानी रियाल र ५५ अरब दिराम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माल्दिभ्सका नागरिक Yugeeth Ibrahim र काठमाडौं ठमेल बस्ने चितवन घर भएकी २० वर्षीया स्नेहा रिमाल रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ पिपलबोट स्रोत नखुलेको भारतीय ५ लाख ५० हजार रूपैयाँ सहित भारत कोशीनगर धौडादी कप्तानगन थाना सिरायोपाली बस्ने ४५ वर्षीय सन्तोष सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहीया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०८-१०

काठमाडौं, अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भएका ३३ वर्षीय जित बहादुर पाइनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीरको जंगल नजिक एकान्त ठाउँमा गत असोज ६ गते पीडितलाई बोलाई अमेरिकन डलर सस्तो दरमा साटिदिन्छु भनि प्रलोभनमा पारी पीडितले साथमा ल्याएको नगद २० लाख ४५ हजार रूपैयाँ लिई फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।