स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ
२०८३-०८-१०
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित स्नोलाइन होटलबाट स्रोत नखुलेको नेपाली ५० लाख ५० हजार रूपैयाँ, ४२१५.०९ ओमानी रियाल र ५५ अरब दिराम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माल्दिभ्सका नागरिक Yugeeth Ibrahim र काठमाडौं ठमेल बस्ने चितवन घर भएकी २० वर्षीया स्नेहा रिमाल रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ पिपलबोट स्रोत नखुलेको भारतीय ५ लाख ५० हजार रूपैयाँ सहित भारत कोशीनगर धौडादी कप्तानगन थाना सिरायोपाली बस्ने ४५ वर्षीय सन्तोष सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहीया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।