लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०८-१०
- A
- A-
- A+
काठमाडौं, लागूऔषध (खैरो हेरोइन) मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ बस्ने पर्सा घर भएका ३९ वर्षीय असाव मियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको २०८० फागुन २२ गतेको फैसलाले उक्त मुद्दामा १५ वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ डल्लुबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।