चोरीमा संलग्न तीन जना पक्राउ
२०८३-०८-११
- A
- A-
- A+
काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर पुरानो बसपार्क बस्ने ललितुपर, ललितपुर महानगरपालिका-६ सुन्धारा घर भएका ३६ वर्षीय प्रवेश मुनि शाक्य, सोही महानगरपालिका-७ दुपाट बस्ने ३७ वर्षीय अमित महर्जन र सोही महानगरपालिका-७ ग्वार्को बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-४ घर भएका २९ वर्षीय गोविन्द लामा रहेका छन् ।
ललितपुर महानगरपालिका-१५ डेरा गरी बस्ने बाँके कोहलपुर नगरपालिका-१० घर भएका २६ वर्षीय मनिष श्रेष्ठको फ्ल्याटबाट सुन, चाँदी, नगद तथा जिन्सी धनमाल बुधबार चोरी भएको घटनको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना, मोबाइल ४ थान र नगद १ लाख ८५ हजार ६ सय २० रूपैयाँ समेत बरामद गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।