प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८२-०९-०७

  • A
  • A-
  • A+
Share

भक्तपुर, सूर्यबिनायक नगरपालिका-३ बालकोट अधिकारी टोलस्थित भोजपुर षडानन्द नगरपालिका-६ घर भएका ३८ वर्षीय प्रेम बहादुर श्रेष्ठले संचालन गरेको बालकोट चुल्हो कफि तथा खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ५ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ४९ जना पक्राउ
२०८३-०८-०५

काठमाडौं महानगरपालिका-१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको ग्राउण्डमा जुवा (कौडा) खेलिरहेको अवस्थामा श्याम समेत २४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली ९ लाख ६० हजार ५ सय रूपैयाँ, ४ सय ६० अमेरिकी डलर, भारतीय ५ सय रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सिर्जना गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गोरखा चुमनुब्री गाउँपालिका-३ घर भएका ३० वर्षीय कृष्ण गुरूङ समेत १३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९३ हजार १ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  सर्लाही, ईश्वरपुर नगरपालिका-१ शंकरपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ६३ वर्षीय पदम बहादुर लामा समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ४ सय २५ रूपैयाँ र ६ थान कौडा सहित पक्राउ गरेको हो ।  नुवाकोट, लिखु गाउँपालिका-४ चौघडाबाट जुवातास खेलिरहेको अवस्थामा सूर्यगढी गाउँपालिका-५ बिंगोर बस्ने ४३ वर्षीय बिबेक पाण्डे समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७५ हजार ४ सय ३५ रूपैयाँ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३-०८-०४

म्याग्दी, मालिका गाउँपालिका-६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय बिष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।   धनकुटा, महालक्ष्मी नगरपालिका-४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८८ हजार ९ सय ७० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०८-०३

काठमाडौं महानगरपालिका-१४ कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कलंकी बस्ने धादिङ घर भएका ४० वर्षीय अर्जुन ढुङ्गाना समेत ८ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ३ सय १० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।   मोरङ, बेलबारी नगरपालिका-११ नलबारीस्थित बाँसघारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका-२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बु समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ८ सय २५ रूपैयाँ र ११ थान कौडा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८३-०८-०१

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन मिलनचोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका ४३ वर्षीय दिनेश राउत समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ जोखरताल बस्ने उमेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा उमेश समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ९ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ
२०८३-०७-३०

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ मासु मार्केटस्थित जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बसपार्क बस्ने ५५ वर्षीय मोहमद अनिस कुरेसी समेत १५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३० हजार २ सय ३५ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।ललितपुर, गोदावरी नगरपालिका-६ टिकाभैरव भैसेस्थित भैसेडाँडा रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा कोन्ज्योसोम गाउँपालिका-५ बस्ने ४० वर्षीय केशव घिमिरे समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६० हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, गोदावरी नगरपालिका-५ लेले चम्पेश्वरी बस्ने ५१ वर्षीय यम कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा यम कुमार समेत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत चापागाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।