प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल सहित एक जना पक्राउ

२०८३-०३-३२

  • A
  • A-
  • A+
Share

सिराहा, सिरहा नगरपालिका-७ बाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित भारत मधुवनी बिहार थाना रामनगर ग्राम पंचायत पटबारा-८ सहर्वा बस्ने २६ वर्षीय रोशन कुमार यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले बीआर ०७ एजेड ४२१५ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त पेस्तोल र गोली फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार