अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०४-१२
- A
- A-
- A+
काठमाडौं, तारकेश्वर नगरपालिका-११ हिलेटोल हाईट डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी २५ वर्षीया कविता विक समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय २३ ट्याब्लेट र नगद १८ हजार ५ सय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले कविताको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.८५ प १६६० नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित काठमाडौं सामाखुसी बस्ने भारत बिहार समस्तिपुर घर भएका २९ वर्षीय अजय कुमार रामलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७३८१ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-६ नवलपुर भन्ने स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-५ बस्ने २० वर्षीय अमर डगौरा थारू र २० वर्षीय रोहित कुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७२ मिलिग्राम सहित गोदावरी नगरपालिका-३ बस्ने २६ वर्षीय कृष्ण रावललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलाली गाउँबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ ह ४८५४ नम्बरको अटोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ श्रीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २७ वर्षीय कालु राम चौधरी समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१३ प २७३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ भाईरल रोड नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित दोधारा चाँदनी नगरपालिका-१ बस्ने २८ वर्षीय नरेश मल्ल समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले डिएल ८ सिबिएल ०९२३ नम्बरको गाडी जाँच गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-२ सागरमाथा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २२ वर्षीय डेविड लिम्बु समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, ओमसतिया गाउँपालिका-१ सरस्वती टोल डेरा गरी बस्ने दाङ घर भएका २० वर्षीय अनिल ओलीलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम र डिजिटल तराजु १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ जीतपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल र बुप्रेनोर्फिन ३० एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ नौडिहवा बस्ने २६ वर्षीय अमरजित ठाकुर र सोही नगरपालिका-४ बैरिहवा बस्ने २८ वर्षीय अजय कुमार सहानी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ बिएफ ९५४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, म्याग्दे गाउँपालिका-३ घुम्तीबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका-१३ बाजापाटन बस्ने २४ वर्षीय साइमन गुरूङ समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग.२३ प ९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
लमजुङ, सुन्दरबजार नगरपालिका-७ पाउदीबजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल सहित सोही नगरपालिका-९ तल्लोबजार बस्ने २८ वर्षीय दिपक गुरूङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले चितवनबाट भोटेओडारतर्फ आउँदै गरेको ग.१ ज ८४३५ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।