अवैध लागूऔषध गाँजा मिसिएको भेप सहित एक जना पक्राउ
२०८३-०४-१३
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-१६ ठमेलबाट अवैध लागूऔषध गाँजा मिसिएको टिएचसी भेप ५ थान सहित ललितपुर, ललितपुर महानगरपालिका-१ ठेगाना भएका ३८ वर्षीय कविर मगरलाई गत असार २५ गते प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त भेप सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।