बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-१४
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने संखुवासभा घर भएका ५९ वर्षीय दुर्गा बहादुर भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट २०८१ जेठ १७ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद र १७ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका दुर्गा बहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।