प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ

२०८३-०४-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१२ टेकुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम र नगद १९ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने काभ्रे घर भएका ६८ वर्षीय उद्वव आचार्य र काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने ४० वर्षीय कृष्ण खड्गी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले कृष्णले प्रयोग गरेको बा.४६ प १६२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथाना गैरीगाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित सुनसरी धरान उपमहानगरपालिका-३ घर भएका २३ वर्षीय प्रवेश गुरूङ समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-४ स्थित विराटनगर विमानस्थलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १८ ग्राम ४८ मिलिग्राम सहित सोही महानगरपालिका-५ बस्ने २४ वर्षीय सुशान्त खड्कालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विराटनगर बस्ने राघव झा नाम गरेको व्यक्तिले विराटनगर महानगरपालिका-९ स्थित महेन्द्रचोकमा संचालनमा रहेको Expo Xpress कुरियर मार्फत काठमाडौं पठाउन लागेको स्पोर्ट्स जुत्ताको कार्गो सामानलाई विराटनगर विमास्थलमा सुरक्षार्थ खटिएको प्रहरीले उक्त कार्गो सामान विराटनगर विमानस्थलको प्रस्थान केन्द्रको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा जुत्ताभित्र कालो प्लाष्टिकमा पोका पारी जुत्ताको सोल भित्र रहेको उक्त पदार्थ फेला कुरियर गर्न आएका सुशान्तलाई पक्राउ गरेको हो ।  

यसैगरी मोरङ, रतुवामाई नगरपालिका-२ हरूचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २३ वर्षीय समिर कट्वाल र २३ वर्षीय समिर भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ चनौटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय हिमाल थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ बजारस्थित पूर्वेली स्टाफ होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित कालिकोट खाँडाचक्र नगरपालिका-११ मानमा बजार बस्ने २४ वर्षीय लक्ष्मण शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको क.१ प ५१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-१ डाँफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय माधव क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ लालपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित मधुबन नगरपालिका-९ बस्ने २४ वर्षीय आशिक परियारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, मधुबन नगरपालिका-३ कोठियाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजापुर नगरपालिका-१० आन्नदनगर बस्ने ३२ वर्षीय तिर्थ दहित र गेरूवा गाउँपालिका-९ बस्ने २२ वर्षीय पर्बत सोनाहा रहेका छन् । प्रहरी चौकी कोठियाघाट समेतबाट खटिएको प्रहरीले भे.८ प ९१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ मधुबन नगरपालिका-३ ओरालिबजार बस्ने ३९ वर्षीय केशब बहादुर रोकाय र उनकै श्रीमती ४० वर्षीया प्रभा खड्कासँग खरिद गरेको भन्ने खुल्न आएपछि इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले केशव बहादुरको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम फेला पारी केशब र प्रभालाई पक्राउ गरेको छ । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलनचोकस्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ अमरबस्ती बस्ने २२ वर्षीया सृजना चौधरी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-१० चाँदनी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम र नगद १२ हजार २ सय २५ रूपैयाँ सहित सोही नगरपालिका-९ झापा मार्ग टोल बस्ने ३० वर्षीय छोटु सहनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दाङ, गढवा गाउँपालिका-१ जुरौनीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३५ किलोग्राम सहित पूर्व रूकुम भूमे गाउँपालिका-२ बस्ने २६ वर्षीय हिक्मत पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले बुटवलबाट नेपालगंजतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०८३७ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।     डडेलधुरा, अमरगढी नगरपालिका-१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने २६ वर्षीय दिपक खुना, कैलाली चुरे गाउँपालिका-४ बस्ने २५ वर्षीय निराजन साह र २४ वर्षीय लक्ष्मण अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ क १६९० नम्बरको टलर गाडीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दिपक तथा गाडीमा सवार निराजन र लक्ष्मणलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०५-०३

कपिलवस्तु, शिवराज नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही नगरपालिका-३ खरेन्द्रपुर बस्ने २४ वर्षीय अमन विश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ सिकोटवा बस्ने ५३ वर्षीया तारा तेलीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ सय ३० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०५-०३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३९ किलो २ सय ८८ ग्राम सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका म्यानमारका नागरिक २३ वर्षीय ZAR NI LIN, २३ वर्षीया EI EI THWE, ३९ वर्षीय AUNG BWAR, ३२ वर्षीया CHUE MYATTHWAL SHEIN, ३२ वर्षीय ZIN MYO AUNG एवम् बाटिक एयरको उडानद्वारा फुकेटबाट काठमाडौं आएका भारत पञ्चाव घर भएका २३ वर्षीय KHUSDEEP, ३२ वर्षीय GURDEEP SINGH र २६ वर्षीया KAMINI रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ शान्तिटोल बुद्धमार्गस्थित धौलागिरी पोखरा गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५९ ग्राम ६ सय ६० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित मोरङ रतुवामाई नगरपालिका-८ घर भएका २४ वर्षीय विशाल तामाङ समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-७ बस्ने २३ वर्षीया शर्मिला सावालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, कमल गाउँपालिका-५ चोलुङ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम १ सय ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित चुलाचुली गाउँपालिका-३ पेल्टीमारी बस्ने २४ वर्षीय निराज तामाङ समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.११ प ८१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ स्यालडाँगी बस्ने ३६ वर्षीया गिता महतोलाई अवैध लागूऔषध गाँजा ५ सय २८ ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले गिताको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । सिराहा, लहान नगरपालिका-१० लक्ष्मीनिया मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने मिर्चैया नगरपालिका-११ सोनी टोल घर भएका २४ वर्षीय प्रदिप चौधरी र सप्तरी बोदेबरसाईन नगरपालिका-५ भाती घर भएका २५ वर्षीय दिगम्बर पण्डित रहेका छन् । प्रहरी चौकी लहानबाट खटिएको प्रहरीले प्रदिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.०२-०१-००१ प ८११२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१ आँपगाछी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम र नगद ७ हजार ८ सय रूपैयाँ सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ हर्रा टोल बस्ने १९ वर्षीय रोजेश श्रेष्ठ, ४६ वर्षीया ज्ञानी चौधरी र ३० वर्षीय मुकेश चौधरी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय सन्नी सराफ र सोही महानगरपालिका-१२ बस्ने १९ वर्षीय साहिल सराफ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले ना.६५ प २८६१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-५ बस्ने २८ वर्षीय जाफर अली नाउ र २९ वर्षीय अस्लाम नाउ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०५-०२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित रोल्पा गंगादेव गाउँपालिका-२ बस्ने ३३ वर्षीय टेकम परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धनगढीदेखि काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ख ३६८४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-२ बालुवाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय श्यामलाल ताजपुरियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०५-०२

काठमाडौं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम सहित चन्द्रागिरी नगरपालिका-१२ घर भएका २५ वर्षीय हृदय वलामीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।                                                                     बाँके, कोहलपुर नगरपालिका-६ बाट अवैध लागूऔषध अफिम चोप १४ किलो ७ सय ६० ग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पूर्व सिस्ने गाउँपालिका-१ ठेगाना भएका ४३ वर्षीय कर्ण बहादुर बुढा र बाँके कोहलपुर नगरपालिका-६ ठेगाना भएका ६० वर्षीय टोप जङ गिरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-२ पुष्पालाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित दाङ तुलसीपुर उपमहानगरपालिका-१८ बस्ने २१ वर्षीय प्रकाश खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१८ इनर्वा मनियारी बस्ने कृष्ण ठाकुरलाई अवैध लागूऔषध गाँजा २ सय २० ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कपिलवस्तु, वाणगंगा नगरपालिका-६ गणेशपुर बस्ने विजय बहादुर खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय १० मिलिग्राम र ४५ हजार ५ सय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-९ वरपिपल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-७ बस्ने ३२ वर्षीय राजेश भन्ने राज कुमार राई र ३३ वर्षीय रजित सिंह राई रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले मधुवनबाट चक्रघट्टीतर्फ आउँदै गरेको प्रदेश १-०२-०४३ प ८७९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङ, लमही नगरपालिका-३ टिकलीगढ बस्ने २८ वर्षीय अनोज चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमही र अस्थायी प्रहरी पोष्ट नर्तिबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-८ बस्ने २३ वर्षीय जगदिश विष्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको  प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको सु.प.प्र.०२-००४ प ४५४३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी कैलाली, टीकापुर नगरपालिका-२ कोठारपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सुभाष शाही र २६ वर्षीय तिलक बुढा रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-७ बराल पेट्रोल पम्प नजिकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन ८ एम्पुल र नुर्फिन ९ एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने २५ वर्षीय सोनु शाक्य र पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने ३४ वर्षीय सुशिल परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-२२ कालिमाटीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८७ एम्पुल, फेनारगन ८३ एम्पुल र नुर्फिन ७९ एम्पुल सहित पोखरा महानगरपालिका-१५ नयाँगाउँ बस्ने २६ वर्षीय सागर तिमल्सिनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, सुन्दरहरैंचा नगरपालिका-१ क्याम्पा बस्ने ४९ वर्षीय सुन्दर लाल चौधरीलाई अवैध लागूऔषध गाँजा ३ किलो ७ सय ६० ग्राम र नगद २ लाख ७१ हजार रूपैयाँ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा र नगद फेला पारी पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-३ शैनिकमोडस्थित उमानन्द होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ५ ग्राम ५ सय ५० मिलिग्राम सहित भारत बिहार सुपौल ठुठी बडुवाबजार बस्ने २० वर्षीय मोहमद तोहिदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले होटल तलासी गर्दा मोहमदको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०५-०१

कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ पवित्राबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-५ पबित्राबस्ती बस्ने २३ वर्षीय रोशन चौधरी, कैलाली गोदावरी नगरपालिका-३ बस्ने २८ वर्षीय राजेश ताम्रकार र २० वर्षीय राहुल ताम्रकार रहेका छन् । अस्थायी प्रहरी पोष्ट गजरौला र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । चितवन, राप्ती नगरपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ४ सय ७० ग्राम सहित सोही नगरपालिका-११ बस्ने ६५ वर्षीय मान बहादुर तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले शिखर डाँडाबाट भण्डारातर्फ आउँदै गरेको ग.१ ख ७४४४ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०५-०१

झापा, बिर्तामोड नगरपालिका-६ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-७ बस्ने २३ वर्षीय सलिन सेखलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बुट्टाबारी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मे.८ प ४१०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बाह्रदशी गाउँपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ६ सय ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल २ थान सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-१ ठेगाना भएका २० वर्षीय प्रकाश हरिजन, बाह्रदशी गाउँपालिका-३ ठेगाना भएका २१ वर्षीय मनिष राजवंशी र २३ वर्षीय फागुलाल राजवंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-७ भिमापुर बस्ने २१ वर्षीय अमन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१० लठैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७०  मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय  जितेन्द्र चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखड र प्रहरी चौकी पहलमानपुरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प ५८३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर २९ मेन्थाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय मिन रावललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २० ट्याब्लेट, डाइक्लोमाइन २ सय ट्याब्लेट र स्पास्पेन १९ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका- ५ बालमन्दिर बस्ने २४ वर्षीय मन कुमार राई र २० वर्षीय बिजय राई रहेका छन् । प्रहरी चौकी मुलघाट धनकुटाबाट खटिएको प्रहरीले धरानबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १-०२-०४४ प ३५८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित जाजरकोट भेरी नगरपालिका-७ घर भएका १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दैलेख, नारायण नगरपालिका-१ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित महावु गाउँपालिका-५ कासिकाँध बस्ने २७ वर्षीय सुरेन्द्र बहादुर शाहीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।