अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८३-०४-१४
- A
- A-
- A+
कैलाली, गोदावरी नगरपालिटका-३ मालाखेती बस्ने ३३ वर्षीय तेज भट्टराईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।