जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-१५
- A
- A-
- A+
कैलाली, ३२ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका-५ बस्ने ५२ वर्षीय सिताराम चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
सितारामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।