जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-१८
- A
- A-
- A+
सल्यान, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दार्मा गाउँपालिका-४ लामाडाँडा बुगेनी बस्ने ५५ वर्षीय रूद्र बहादुर चन्दलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रूद्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।