जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-१९
- A
- A-
- A+
मोरङ, २१ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-१० बस्ने ३८ वर्षीय डम्बर खतिवडालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
डम्बरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त घटनामा संलग्न अन्य २ जनालाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।