चितुवाको छाला र हड्डीहरू सहित पक्राउ
२०७८-११-१६
- A
- A-
- A+
हुम्ला, ताजाकोट गाउँपालिका-३ छप्रेला बजारबाट चितुवाको जस्तो देखिने १ थान छाला र हड्डीहरू सहित सोही गाउँपालिका-४ उत्तीसैनी बस्ने ३७ वर्षीय सुनिल सार्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी छप्रेला ताजाबाट गस्तीमा खटिएको प्रहरीले छप्रेला बजारस्थित पसलमा शंकाष्पद अवस्था रहेका सुनिललाई जाँच गर्दा उक्त छाला र हड्डी फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।