करिब १ हजार १ सय २२ किलोग्राम गाँजा सहित तीन जना पक्राउ
२०८३-०५-१५
- A
- A-
- A+
उदयपुर, कटारी नगरपालिका-६ बाँकेटार शान्ति वनबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय २२ किलो ६७ ग्राम सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका-१ डाँडागाउँ बस्ने ५५ वर्षीय राम बहादुर मगर, २१ वर्षीय नेक बहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडी र जंगलका विभिन्न स्थानमा लुकाई छिपाई राखेको ५२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।